• सोमबार १-१७-२०८१/Monday 04-29-2024

तराईमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदै, तराईका जिल्लाहरुमा विदा

काठमाण्डौ । तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

 

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिनुभयो ।

 

सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन्, । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताउनुभयो ।

 

काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको छ ।

प्रतिकृया दिनुहोस

उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै

काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाण्डौ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाण्डाै ।  नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका