• सोमबार १-१७-२०८१/Monday 04-29-2024

काँग्रेसले राजनीतिक प्रतिशोधका कारण गृहमन्त्री लामिछानेको राजीनामा माग्यो : नेता ज्ञवाली

काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ । 

 

आज (आइतबार) पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा मात्र एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने उहाँले बताउनुभयो । 

 

आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही हुन नसक्ने उहाँले जिकिर गर्नुभयो । उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्र तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको दाबी गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस

बझाङमा कांग्रेसको अग्रता कायमै, दोस्रोमा एमाले

काठमाण्डौ । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ ९१० को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता

इलाम–२ उपनिर्वाचनमा सुहाङको अग्रता कायमै

काठमाण्डौ । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।    दोस्रो

राष्ट्रपति पौडेलले जारी गर्नुभयो लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।   राष्ट्रपति