• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै, पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा

काठमाण्डौ ।  आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ ।

 

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

 

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।

 

आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भोलि सार्वजनिक बिदा छ ।

 

फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न यो पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पाैडैलसहित ६ जनाविरुद्ध ४० कराेडभन्दा धेरै बिगाे माग गर्दै मुद्दा दायर

काठमाण्डाै । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ

राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न सकेन : केपी ओली

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनुभएको छ । एमालेको भौतिक