• सोमबार १-१७-२०८१/Monday 04-29-2024

लगानी सम्मेलनमा आउन विश्व बैंकका उपाध्यक्षलाई अर्थमन्त्री वर्षमान पुनको निम्तो

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गर्नुभएको छ ।

 

बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राती भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुभएको थियो । 

 

जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुभयो । उहाँले नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताउनुभयो ।

 

अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उहाँले बताउनुभयो ।

 

सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उहाँले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। तेश्रो लगानी सम्मेलन आगामी २०८१ वैशाख १६ र १७ गते काठमाण्डौमा हुँदैछ ।
 

प्रतिकृया दिनुहोस

धेरै रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्रबैकले  ग्लोबल आइएमई बैंक लिमिटेडलाई शुक्रबार सम्मानित गरेको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा

तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै  

काठमाण्डै। आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका

सरकारले अघि बढायाे देशको सार्वभौम साख मूल्याङ्कन प्रक्रिया

काठमाण्डाै । सरकारले देशको सार्वभौम साख मूल्याङ्कन अर्थात् (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । तीन वर्षदेखि रोकिएको सार्वभौम साख