• सोमबार १-१७-२०८१/Monday 04-29-2024

सुन प्रकरण : कपिलवस्तुबाट माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाण्डौ । सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

 

महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिनुभयो । महरालाई कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदैछ ।

 

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

 

आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

 

भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

प्रतिकृया दिनुहोस

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले जन्मदिनको अवसर पारेर कवितासंग्रह ‘अश्र’ सार्वजनिक गर्नुभएको छ। सामाजिक

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाण्डाै।  नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा

कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत

काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डाै आइपुग्नुभएकाे छ ।   कतारका अमिर थानी दिउँसाे