• सोमबार १-१७-२०८१/Monday 04-29-2024

काठमाण्डौ महानगरले विभिन्न ठाउँहरूको प्राचीन नाम प्रचलनमा ल्याउँदै

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विभिन्न ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया सुरु गरेको छ ।

 

काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्कतले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, ढुङ्गे धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेकोे जानकारी दिनुभयो ।

 

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यका विभिन्न ठाउँहरूको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनका क्रममा ७० वर्षभन्दा बढी उमेरका बासिन्दाले ठाउँको प्राचीन नाम उच्चारण गर्ने गरेको पाएको महानगरपालिकाले जनाएको छ । केही नामहरू अप्रभंश भएका छन् भने केहीको नामहरू नेपालीकरण र अङ्ग्रेजीकरण पनि भएका छन् ।

 

सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गएकोले प्राचीन नाम खोजी गरेको उहाँले बताउनुभयो । अहिले प्रचलनमा रहेका नाम र प्राचीन नाम फरक हुने भएकोले अब प्राचीन नाम प्रयोगका लागि स्थानीय समुदायसँग अनुरोध गर्ने संयोजकसङ्कतको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

इलाम–२ उपनिर्वाचनमा सुहाङको अग्रता कायमै

काठमाण्डौ । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।    दोस्रो

चेपाङ महिलामा हुने हिंसा न्यूनीकरणको प्रयास गर्नेछौँ : सभापति साह

काठमाडौँ । प्रतिनिधिसभा अन्तरको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले चेपाङ समुदायका महिला माथि हुने हिंसा न्यूनीकरणका लागि

बझाङ उपनिर्वाचन : ४३ प्रतिशत मत खस्यो

काठमाण्डौ । बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान भई रहेको छ ।   निर्धारित समय ७ बजेदेखि नै मतदान गर्न मतदाता मतदान केन्द्रमा पुगेको मुख्य