• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

काठमाण्डौ महानगर र २३ वटा क्याम्पसबीच सीपमूलक तालिम सञ्चालनका लागि सम्झौता

काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिकाले सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सीपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

 

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ।यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सीप विकास तालिम सञ्चालन हुन्छन् ।

 

सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सीप सिकाउने तथा सीपको स्तरोन्नति गराइने महानगरले जनाएको छ । १५ हजार जना व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने कार्यक्रमको लक्ष्य रहेको छ । सम्झौता अनुसार कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् ।

 

प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् ।

 

सम्झौता कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रमको सुखद् थालनी नतिजामा देखिनुपर्ने बताउनुभयो ।  सीपमूलक तालिम लिनका लागि अहिलेसम्म १० हजार जनाको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ ।

 

विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका व्यक्ति र फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिक लक्षित वर्ग तोकिएको छ ।

प्रतिकृया दिनुहोस

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई

जमुनाहा नाका तीन दिनका लागि बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो (सोमबार) हुने लोकसभा निर्वाचनका लागि

सर्लाही : पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत