• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने

काठमाण्डाै ।  सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने भएको छ । यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको  पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ ।

 

सम्मान तथा पुरस्कारका लागि फागुन १५ गतेभित्र आवेदन दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । आवेदनका साथमा नेपाली नागरिकताकाे प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्ने हुन्छ ।

 

प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ ।

 

प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार रुपैयाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अरु सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सन् २०२५ देखि इपिएस रोजगारीमा मागको तीन गुणा मात्र आवेदन लिइने

काठमाण्डौ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै

सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न आयोगको आग्रह

काठमाण्डाै ।  श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्बद्ध सबै पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगले

मे दिवसको तयारीबारे सोमबार पत्रकार सम्मेलन गर्दै जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १९ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने बृहद मजदुर समारोहको तयारी पुरा भएको बताएको छ ।