• सोमबार १-१७-२०८१/Monday 04-29-2024

वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने

काठमाण्डौ । वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ ।

 

बोर्डले विज्ञप्ति निकालेर सम्झौता तत्कालका लागि कार्यान्वयन नहुने जनाएको हो । यसअघि बोर्डले नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै रोजगारदातासँग प्रतिकामदार ४५ डलर थप उठाउने गरी मलेसियाको निजी कम्पनीसँग सम्झौता गरेको थियो ।

 

मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्धारलगायतका कल्याणकारी काम गर्ने भन्दै सम्झौता भएपछि अन्ततः यसले श्रमिकमाथि नै आर्थिक भार थोपर्ने भन्दै आलोचना भइरहेको थियो । 
 

प्रतिकृया दिनुहोस

मे दिवसको तयारीबारे सोमबार पत्रकार सम्मेलन गर्दै जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १९ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने बृहद मजदुर समारोहको तयारी पुरा भएको बताएको छ ।

साउनदेखि फागुनसम्ममा श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख ७१ हजार पुग्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुन महिनासम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने

काठमाण्डाै ।  सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने भएको छ । यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष